१५१ औ गान्धी जयन्ति गान्धी शान्ति प्रतिष्ठान नेपालले काठ्माण्डौमा मनायो

0
42

असोज १८ , काठमाडौं ।

लामो समयदेखि गान्धी विचारधारामा सक्रिय सस्था गान्धी शान्ति प्रतिष्ठान नेपालले
विश्व अहिंसा दिवस २०२०तथा १५१ औ गान्धी जयन्ति काठ्माण्डौमा मनाएको छ ।

यसको साथै आफ्नो स्थापना दिवस ४ वर्ष पुगेको अवसर समेत पारेर गान्धी शान्ति प्रतिष्ठानले ‘ युवा गान्धीवादी समाजसेवी पुरस्कार -२०२० ‘ प्रथम कार्यक्रम पनि सभ्य तवरले सम्पन्न गरेको छ। प्रतिष्ठानको हरेक कार्यक्रममा अमुल्य सहयोग गर्ने व्यक्तिहरुलाई सो पुरस्कार प्रदान गरिएको थियो।

प्रतिष्ठानकी उपाध्यक्ष्य डा. तिल कुमारी राना कार्यक्रम संयोजक रहेको सो कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगपालिका पूर्व मेयर तथा राष्ट्रवादी नेता श्री रूप सिंह थापाको हातबाट पुरस्कार प्रदान गरिएको थियो।

यसरि पुरस्कृत व्यक्तिहरुमा प्रतिष्ठानकै कोषाध्यक्ष बनिसा लामा ,सचिव राम बहादुर नेपालि, आजाज अहमत प्रतिष्ठानको भारतको बिहार संयोजक रहेका छन्।

उक्त कार्यक्रममा अन्य अतिथिहरुमा श्री दिन्दयल , रश्मि शाक्य, दीपा दाहाल, अनिता पौडेल, यशिका राना , सलिना गिरी, निलम राना ,रुपन्देही जिल्ला सचिव श्री उमेश यादव लगायतको उपस्थिति रहेको थियो ।

महात्मा गांधी जी को अहिंसावादी सन्देश सबैमा प्रेरणा मिलोस् भन्ने उद्देश्यले आजको कार्यक्रम गरिएको कार्यक्रम संयोजक डा. तिल कुमारी रानाले संचारकर्मिहरुलाई वताइन्।

LEAVE A REPLY